
काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज (आइतबार) बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११ बजे प्रतिनिधिसभाको र राष्ट्रियसभाको बैठक दिउँसो १२ः१५ बजे बस्ने तय गरिएको छ ।
प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यसअघि नै उनी निर्विरोध रूपमा सभामुखमा चयन भइसकेका छन् । अर्यालको प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने रहेका छन् भने समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनील लम्साल छन् ।
यता राष्ट्रियसभाको बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्नेछन् । साथै, अध्यक्ष र उपाध्यक्ष अनुपस्थित हुँदा बैठक सञ्चालन गर्ने सदस्यहरूको नाम पनि तोकिनेछ ।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले महिला आयोगको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
























