कांग्रेस आधिकारिकता विवाद: सर्वोच्चमा आज सुनुवाइ हुँदै

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २२, आइतबार १०:२७

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतमा आज (आइतबार) सुनुवाइ हुने भएको छ। यो मुद्दा आजको पेसी सूचीको १२ औँ नम्बरमा छ।

यसअघि गत चैत १ गतेका लागि पेसी तोकिए पनि पालो नआएका कारण सुनुवाइ सरेको थियो। तत्कालीन समयमा रिट निवेदकका तर्फबाट पूर्व उपसभापति पूर्णबहादुर खड्का बहसका लागि अदालत पुगेका थिए। आजको सुनुवाइका लागि दुवै पक्षका नेताहरू सर्वोच्च पुग्ने तयारीमा छन्। वर्तमान उपसभापति विश्वप्रकाश शर्मा आफैँ बहसका लागि अदालत जाने जनाइएको छ।

विशेष महाधिवेशनमार्फत गगन थापा सभापति चुनिएपछि र निर्वाचन आयोगले त्यसलाई वैधानिकता दिएपछि विवाद सुरु भएको हो। सो निर्णयको विपक्षमा रहेका खड्काले सभापति थापा, उपसभापति शर्मा र निर्वाचन आयोगलाई विपक्षी बनाई रिट दायर गरेका थिए। आजको सुनुवाइले कांग्रेसभित्रको यो कानुनी र राजनीतिक विवादलाई कुन दिशा दिने भन्नेमा सबैको चासो रहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.