डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २२, आइतबार ११:४९

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्याल (डीपी) प्रतिनिधि सभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्वाचित भएको घोषणा गरे।

अर्याललाई सभामुख बनाउन रास्वपा सभापति रवि लामिछानेले प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले समर्थन गरेका थिए। विपक्षी दलहरूले उम्मेदवारी नदिएपछि अर्याल निर्विरोध निर्वाचित भएका हुन्।

रास्वपाका संस्थापक सदस्य अर्याल काठमाडौँ क्षेत्र नं. ९ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनी यसअघि पार्टीको उपसभापति र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका व्यक्ति हुन्। नयाँ सभामुख चयनसँगै संसद्को आगामी कामकारबाहीले थप गति लिने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.