
काठमाडौं । सरकारले सरकारी कार्यालय खुल्ने समय परिवर्तन गरेकाे छ ।
आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय खुला हुने निर्णय गरेको हाे । यसअघि बिहान १० बजेदेखि ५ बजेसम्म कार्यालय खुल्दै आएको थियोे ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेकका कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, उक्त समय शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयका हकमा लागू हुनेछ ।
शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय पनि गरेको छ । पेट्रोलियम पदार्थको आपूर्तीमा देखिएको समस्याका कारण यस्तो निर्णय भएको सरकारले जनाएको छ ।
बैठकले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय पनि गरेकाे छ ।
























