छुटे शंकर अग्रवाल

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २२, आइतबार १६:५५

काठमाडौं । सम्पत्ति शुद्धीकरण सन्दर्भमा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल छुटेका छन्। सम्पत्ति शुद्धीकरण विभागले उनलाई छाडेको हो।

विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरका अनुसार बयानको काम सकिएपछि उनलाई छाडिएको हो। केही दिन सम्पत्ति शुद्धीकरणको अनुसन्धानको क्रममा अग्रवाल पक्राउ परेका थिए।

जगदम्बा स्टिल मुख्य कम्पनी रहेको शंकर ग्रुप नेपालको एक अग्रणी व्यावसायिक घरानाका रूपमा चिनिन्छ।

यो समूहले नेपालमा स्टिलसँगै, सिमेन्ट, जलविद्युत्, उपभोक्ता वस्तु लगायत क्षेत्रमा लगानी गरेको छ। आइतबार यही ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई पनि पक्राउ गरिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.