विकल पौडेलविरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ हुँदै

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २४, मंगलबार ११:०२

काठमाडौं। सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध दायर गरिएको गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दामा आज (मंगलबार) सुनुवाइ हुँदैछ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा यस मुद्दाको पेसी तोकिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ जेठ ९ मा पौडेलमाथि ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दर्ता गरेको थियो।

पौडेलले आपूर्तिकर्ताहरूबाट कमिसन लिएको र उक्त रकम पत्नी एलिना बस्नेतको नाममा सिंगापुर र अमेरिकाका बैंकहरूमा लुकाएको अख्तियारको दाबी छ।

अनुसन्धानका क्रममा पौडेलको ६२ करोड १९ लाख रुपैयाँ भ्रष्टाचार भएको खुले पनि हालसम्म ४४ करोड ५२ लाख रुपैयाँ मात्र फेला परेको छ।

अख्तियारले फेला पर्न बाँकी १७ करोड ६६ लाख रुपैयाँ बराबरको सम्पत्ति समेत जफत गर्न माग गर्दै विशेष अदालतमा बहस गरिरहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.