प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २४, मंगलबार १४:४३

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले बुधबार दिउँसो १ बजे बस्ने गरी मंगलबारको बैठक स्थगित गरेका हुन्।

मंगलबार बसेको बैठकमा शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। त्यसैगरी बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त भएको ‘चलचित्र विधेयक’ समेत प्रस्तुत गरिएको छ।

कार्यसूचीमा रहेका विषयहरूमाथि छलफल र विधेयक प्रस्तुत भएपछि सभामुख अर्यालले अर्को बैठक बुधबारका लागि तोकेका हुन्।

सरकार र संसद्बीच समन्वय गर्दै विभिन्न विधेयकहरू पारित गर्ने प्रक्रिया अघि बढिरहेको सन्दर्भमा भोलिको बैठकलाई महत्त्वपूर्ण मानिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.