अस्पतालले डिस्चार्ज दिएको भोलिपल्ट मृत्यु

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २४, मंगलबार १६:५८

विराटनगर । झापामा निर्माणाधीन घरबाट लडेर घाइते भएका एक जना पुरुषको अस्पतालले डिस्चार्ज दिएको भोलिपल्ट मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका–२ चैतुबारीका ४० वर्षीय शंखर किस्कुको मृत्यु भएको प्रहरीले जनाएको छ । बिर्तामोड–४ पुरानो बिजुली अफिसनजिक डम्बरबहादुर श्रेष्ठको निर्माणाधीन २ तले पक्की घरमा काम गर्ने क्रममा चैत १६ गते दिउँसो लडेर किस्कु घाइते भएका थिए ।

निर्माणाधीन घरको २ तलामाथिबाट खसेर गम्भीर घाइते भएका उनको बिर्तासीटी अस्पतालमा उपचार गराइएको थियो । उपचारपश्चात उनलाई सोमबार चिकित्सकले डिस्चार्ज गरिदिएका थिए ।

अस्पतालले डिस्चार्ज दिएपछि घर लगिएका किस्कुको भोलिपल्ट मंगलबार बिहान ९ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगेको थियो ।

पोस्टमार्टमपछि अन्त्येष्टिका लागि शव परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.