गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा देउवा दम्पत्तिको नाममा पक्राउ पुर्जी

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २५, बुधबार १३:२४

काठमाडौं। कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानका सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको मागबमोजिम जिल्ला अदालत काठमाडौँले उनीहरू विरुद्ध पक्राउ अनुमति दिएको हो ।

गत २१ फागुनको चुनावअघि नै स्वास्थ्य उपचारको बहानामा देउवा दम्पत्ति सिंगापुर गएका थिए। यसअघि जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी भएको थियो ।

त्यस क्रममा घरभित्र जलेका पैसाका नोटहरू भेटिएको विषय बाहिरिएपछि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान सुरु गरेको थियो । विभागले मुचुल्का उठाएर सुरु गरेको अनुसन्धानलाई अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अगाडि बढाइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.