प्रधानमन्त्री-राजदूत छलफल : सुशासन र आर्थिक विकास सरकारको प्राथमिकता

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २५, बुधबार १४:२७

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल गरेका छन् । साहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि पहिलो पटक विदेशी कूटनीतिज्ञहरूसँग सिंहदरबारमा यस्तो भेटघाट भएको हो । बुधबार मध्याह्न आयोजित उक्त छलफलमा परराष्ट्रमन्त्री शिशिर खनालको पनि उपस्थिति थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका मुख्य प्राथमिकताका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले यो सामूहिक भेटघाट आयोजना गरिएको हो । छलफलका क्रममा सहभागी राजदूतहरूले नयाँ सरकारको कार्यदिशा, आगामी योजना र प्राथमिकताका विषयमा विशेष चासो राखेका थिए ।

जवाफमा प्रधानमन्त्री साहले आफ्नो सरकारले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे । उनले नेपालको परराष्ट्र नीतिलाई सन्तुलित रूपमा अगाडि बढाउने र विकासका साझेदारहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे । नयाँ सरकारले वैदेशिक लगानी भित्र्याउन र कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउन विशेष जोड दिने प्रधानमन्त्रीको भनाइ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.