मन्त्रीहरूलाई कूटनीतिक मर्यादासम्बन्धी प्रशिक्षण

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २५, बुधबार १४:४४

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका सबै मन्त्रीहरूलाई परराष्ट्र मन्त्रालयले ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ बारे विशेष प्रशिक्षण दिएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्रीहरूलाई कूटनीतिक मर्यादा र शिष्टाचारबारे जानकारी गराइएको हो ।

प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालका अनुसार परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले अन्तर्राष्ट्रिय परिवेश, नेपालको परराष्ट्र नीति र राष्ट्रिय हितको प्रवर्द्धनका विषयमा विस्तृत प्रस्तुति दिएका थिए । प्रशिक्षणका क्रममा सचिव राईले परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनुपर्ने कानुनी विधि, सीमा र कूटनीतिक मर्यादाका प्राविधिक पक्षहरूलाई सूक्ष्म ढङ्गले व्याख्या गरे ।

विशेष गरी विदेशी पदाधिकारीहरूसँग हुने भेटवार्ता, द्विपक्षीय छलफल र अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रस्तुत हुँदा पालना गर्नुपर्ने अनिवार्य आचारसंहिताका बारेमा मन्त्रीहरूलाई सचेत गराइएको छ । नयाँ सरकारका मन्त्रीहरूलाई कूटनीतिक सम्बन्धको सन्तुलन र राष्ट्रिय स्वार्थ रक्षाका लागि सरकारी संयन्त्रसँगको समन्वयबारे प्रष्ट पार्न यो कार्यक्रम आयोजना गरिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.