
काठमाडौं । उपसभामुख पदको निर्वाचन आगामी चैत २७ गते शुक्रबार हुने भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले सभामा जानकारी दिँदै निर्वाचनको मिति तोकिएको बताए । उनले निर्वाचनसम्बन्धी सूचना संघीय संसद् सचिवालयमार्फत प्रकाशित गर्न निर्देशन दिएका छन् । उपसभामुख चयनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताए ।
























