
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसअनुसार नेपालको संविधानको धारा ९५ बमोजिम चैत २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने तय भएको हो । संसद सचिवालयले उक्त बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सदस्यहरूको अनिवार्य उपस्थितिका लागि आह्वान गरेको छ ।
राष्ट्रपतिको सम्बोधनलाई महत्वपूर्ण राजनीतिक तथा संवैधानिक अभ्यासका रूपमा हेरिएको छ । उक्त सम्बोधनले संघीय संसदको आगामी कार्यदिशा र नीति बहसलाई समेत प्रभावित पार्ने विश्वास लिइएको छ ।

























