कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई मातृशोक

Share this
774shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २५, बुधबार २०:४४

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीकी आमा जानुकादेवी कार्कीको ९१ वर्षको उमेरमा निधन भएको छ । बुधबार उपचारका क्रममा आफ्नै निवासमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

गत फागुन १४ गते आफ्नै निवासको बाथरुममा लड्दा जानुकादेवीको दाहिने खुट्टाको हिपभन्दा मुनिको भाग भाँचिएको थियो । त्यसपछि उनलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा फागुन २० गते डा. सन्तोष नेपालसहितको चिकित्सक टोलीले उनको सफल शल्यक्रिया गरेको थियो ।

शल्यक्रियापछि स्वास्थ्यमा सुधार देखिएको र फिजियोथेरापीसहित थप उपचार भइरहेको थियो । उमेरजन्य कारणबाहेक अन्य जटिल स्वास्थ्य समस्या न्यून रहेको चिकित्सकहरूले बताए पनि उपचारकै क्रममा आज झापाको गौरादहस्थित आफ्नै निवासमा उनको निधन भएको हो ।

कार्कीको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.