एम्बुलेन्स दुर्घटनामा दुई जनाको मृत्यु

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २६, बिहीबार ०६:२२

जुम्ला । जुम्लाबाट बिरामी लिएर नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिकाअन्तर्गत मेयर खोलानजिक बुधबार राति दुर्घटनामा परेको छ ।

दुर्घटनामा चालक हिमा गाउँपालिका–७ मर्चीगाउँका २६ वर्षीय शक्ति शाही र हिमा–६ पाथरखोलाका ३२ वर्षीय भीमबहादुर अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गणेश ज्ञवालीले जानकारी दिए । एम्बुलेन्समा सवार अन्य दुई जना लोकेन्द्र शाही र अक्कल अधिकारी घाइते भएका छन् ।

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.