तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २६, बिहीबार ०६:४९

काठमाडौं । देशभर अहिले पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले विशेषगरी पहाडी र हिमाली भू–भागमा आज (बिहीबार) वर्षाको सम्भावना बढाएको छ । बिहीबार दिउँसो कोशी प्रदेशसहित देशका पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

उच्च हिमाली क्षेत्रमा भने हल्का हिमपातको सम्भावना पनि रहेको छ । मधेश प्रदेशका थोरै स्थानमा समेत मेघगर्जनसहित वर्षा हुन सक्ने जनाइएको छ ।

राति भने मौसम केही सुधार हुँदै जाने संकेत देखिए पनि कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली कायम रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ती क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

तराई क्षेत्रमा भने राति मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । मौसमविद्हरूले चट्याङ र वर्षाबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.