भेपमार्फत सुन तस्करी प्रकरण: पूर्वसभामुख महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिँदै

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २६, बिहीबार १५:१८

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) मा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने भएको छ। मुद्दाको फाइल लिएर अख्तियारका कर्मचारीहरू अहिले विशेष अदालत पुगेका छन्।

विशेष अदालत स्रोतका अनुसार अहिले अदालतमा कर्मचारीहरूले मुद्दाको विवरण रुजु गर्ने काम गरिरहेका छन्। नेकपाका नेता समेत रहेका महराको सुन तस्करीमा संलग्न चिनियाँ नागरिकहरूसँगको सम्बन्ध र आर्थिक कारोबारको प्रमाण खुलेपछि अख्तियारले उनीविरुद्ध मुद्दा लैजाने निर्णय गरेको हो।

चिनियाँ गिरोहले २०७९ सालमा भेपको आवरणमा सुन भित्र्याउन खोज्दा विमानस्थल भन्सारले बरामद गरेको थियो। सोही घटनाको अनुसन्धानका क्रममा महरा र उनका छोरा राहुल लगायतको संलग्नता पुष्टि भएको थियो। राहुल महरा यसअघि नै यही प्रकरणमा पक्राउ परिसकेका छन्।

अख्तियारले महरामाथि लगाइएको अभियोग र बिगो दाबीको विस्तृत विवरण भने मुद्दा दर्ता प्रक्रिया पूरा भएपछि मात्र सार्वजनिक गर्ने जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.