राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै

Share this
822shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २७, शुक्रबार ०६:४३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रबार) संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । संसद् सचिवालयका अनुसार दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न लागेका हुन् ।

नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिलाई संघीय संसद्को कुनै एक सदन वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने अधिकार रहेको छ । सोही संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति पौडेलको सम्बोधन तय गरिएको हो ।

यसैबीच, मन्त्रिपरिषद्को चैत २४ गतेको सिफारिसअनुसार शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संघीय संसद्को चालु हिउँदे अधिवेशन अन्त्य गरिने भएको छ । सरकारले आगामी बजेट अधिवेशनको तयारीका लागि वर्तमान अधिवेशन अन्त्य गर्न लागिएको जनाएको छ ।

नेपालको संवैधानिक प्रावधान अनुसार सरकारको सिफारिसमा संसद्को अधिवेशन आह्वान र अन्त्य राष्ट्रपतिबाट हुने व्यवस्था छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.