
विराटनगर । झापामा वाईफाईको प्लग जोड्ने क्रममा करेन्ट लागेर घरभित्रै एक जना महिलाको मृत्यु भएको छ ।
बाह्रदशी गाउँपालिका–२ की ३५ वर्षीया सुनिता बास्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफ्नै घरमा वाईफाईको प्लग जोड्ने क्रममा नांगो तारलाई छुँदा करेन्ट लागेर बास्कीको घटनास्थलमै मृत्यु भएको हो ।
घटना बिहीबार साँझ ५ बजेतिरको हो । घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
























