उद्योग मन्त्रीमा यादव र श्रम मन्त्रीमा रामजी नियुक्त

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २७, शुक्रबार १४:३४

 

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले मन्त्रिमण्डल विस्तार गर्दै दुईजना नयाँ मन्त्री नियुक्त गरेका छन्। शाहले आज (शुक्रबार) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरी कुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादवलाई नियुक्त गरेका हुन्।

गौरी कुमारी महोत्तरी क्षेत्र नं. ४ बाट निर्वाचित सांसद हुन्। त्यस्तै रामजी यादव सप्तरी क्षेत्र नं. २ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पराजित गरी सांसद बनेका थिए। नवनियुक्त दुवै मन्त्रीको आजै राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री शाहले हिजो मात्रै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका थिए। सोही रिक्त ठाउँमा रामजीलाई जिम्मेवारी दिइएको हो। यसअघि उद्योग मन्त्रालय प्रधानमन्त्री शाहले आफैँ सम्हाल्दै आएका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.