
काठमाडौं। प्रतिनिधि सभाको उपसभामुख चयनका लागि हुने निर्वाचनमा नेकपा (एमाले) तटस्थ बस्ने भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद मोहम्मद इस्तियाक राईले आफ्नो पार्टीले कुनै पनि उम्मेदवारको पक्षमा मतदान नगर्ने जानकारी दिए ।
उपसभामुखका लागि श्रम संस्कृति पार्टीबाट रुवीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सरस्वती तामाङ चुनावी मैदानमा छन् । दुवै उम्मेदवारमध्ये एमालेले कसैलाई पनि भोट नदिने निर्णय गरेको हो ।
प्रतिनिधि सभामा एमालेका २५ सांसद रहेका छन् । एमालेको यो निर्णयले उपसभामुखको निर्वाचन परिणामलाई थप रोचक बनाइदिएको छ ।
























