प्रधानमन्त्री बालेनको आलोचना गर्ने पोखरेल रिहा

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २९, आइतबार १७:०६

पाँचथर । युट्युबमार्फत प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लगायतका नेताहरूलाई गालीगलौज गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल रिहा भएका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का पोखरेललाई आवश्यक परेको बेला उपस्थित हुने गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा उनलाई चैत २६ गते पक्राउ गरिएको थियो । जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेकै बेला उनलाई छोडिएको हो ।

पोखरेल पक्राउ परेपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेन शाहको चर्को आलोचना भइरहेको छ । अभिव्यक्ति स्वतन्त्रताको पक्षधर भनिएका बालेनले आफ्नो आलोचना गर्नेलाई पक्राउ गराएको भन्दै प्रयोगकर्ताहरूले उनका पुराना भिडियो र फेसबुक स्टाटसहरू सेयर गरेर विरोध जनाइरहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.