एमाले अध्यक्ष ओलीको सोमबार पित्तथैलीको शल्यक्रिया गरिने

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २९, आइतबार १७:४७

काठमाडौं । नेकपा ( एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप समस्या नदेखिए सोमबार पित्तथैलीको शल्यक्रिया गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालका अनुसार शुक्रबारसम्म गरिएका सबै स्वास्थ्य जाँचका रिपोर्टहरू सामान्य देखिएकाले सोमबारका लागि शल्यक्रियाको तयारी गरिएको हो ।

अस्पतालका निर्देशक प्राध्यापक डा. सुवास आचार्यले सोमबारसम्म स्वास्थ्यमा कुनै उतारचढाव नआए सोही मितिमा शल्यक्रिया गरिने जानकारी दिए । ‘अहिलेसम्मका रिपोर्टहरू सामान्य छन्, सोमबारका लागि तयारी भइरहेको छ,’ डा. आचार्यले बताए ।

जेन-जी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम गत चैत १४ गते पक्राउ परेका ओली स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका थिए । चैत २६ गते सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिए पनि उनी हाल त्रिवि शिक्षण अस्पतालमै उपचाररत छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.