पहाडमा बादल, हिमालमा वर्षा र हिमपातको सम्भावना

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ३०, सोमबार ०६:३५

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभावका कारण मौसममा परिवर्तन देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) बिहानैबाट देशका पहाडी र हिमाली क्षेत्रमा बदलीको अवस्था रहेको छ भने तराईका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली देखिएको छ ।

विशेषगरी कोशी र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । अन्य हिमाली क्षेत्रको पनि एक–दुई स्थानमा यस्तै प्रकारको मौसमी गतिविधि हुन सक्ने अनुमान गरिएको छ ।

महाशाखाले सोमबारका लागि सार्वजनिक गरेको पूर्वानुमानअनुसार हिमाली क्षेत्रमा बादलको प्रभाव बढ्ने र पहाडमा आंशिक बदली रहनेछ । तराईका जिल्लाहरूमा भने घाम लाग्ने र मौसम सफा रहने सम्भावना छ ।

हिमाली क्षेत्रमा सम्भावित वर्षा र हिमपातका कारण तापक्रममा गिरावट आउन सक्ने भएकाले त्यहाँ बसोबास गर्ने र यात्रा गर्नेहरूले आवश्यक सतर्कता अपनाउनुपर्ने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.