‘देश प्रयोगशालामा सीमित भयो, अब निषेध र प्रतिशोधको राजनीति अन्त्य गरौँ’ : पूर्वराजा

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ३०, सोमबार १७:४७
'देश प्रयोगशालामा सीमित भयो, अब निषेध र प्रतिशोधको राजनीति अन्त्य गरौँ' : पूर्वराजा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिमा निषेध, फुट, द्वन्द्व र प्रतिशोधको भावना राख्न नहुने बताएका छन् । नयाँ वर्ष २०८३ सालको अवसरमा एक भिडियो शुभकामना जारी गर्दै पूर्वराजा शाहले जनचाहनालाई मनन गरी देशलाई केन्द्रमा राखेर अघि बढ्न सरोकारवालाहरूलाई आग्रह गरेका हुन् ।

‘निषेध, फुट, द्वन्द्व र विद्रोहले हामी कमजोर हुन्छौँ,’ उनले भनेका छन्, ‘परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुनुहुँदैन ।’ पूर्वराजा शाहले संवाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षका मागलाई सम्बोधन गरी संवैधानिक समाधान खोज्न विलम्ब गर्न नहुनेमा जोड दिए ।

Advertisement

विगतका वर्षहरूमा निरन्तर विकल्पको खोजी र अभ्यास मात्र गर्दा देश प्रयोगशालामा सीमित भएको उनको टिप्पणी छ। राजनीति र राज्य पद्धतिमा धेरै हेरफेर गरिए पनि ती केवल कोरा परिवर्तन मात्रै साबित भएको र राष्ट्रको श्रीवृद्धिमा देश निकै पछाडि परेको उनले बताएका छन् ।

देश अहिले चौतर्फी समस्याको चाङमा रहेको सुनाउँदै उनले अर्थतन्त्र उकास्न र छिमेकी मित्र शक्तिहरूसँगको सद्भाव बढाउन राज्यको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

‘आन्तरिक सुरक्षा प्रणालीको दृष्टिले मुलुक अत्यन्तै नाजुक अवस्थामा परेको छ,’ उनले भनेका छन्, ‘नयाँ वर्षमा जीउधनकै सुरक्षा र जीवन जिउने मानवीय सुरक्षाको हक अधिकारको प्रत्याभूति दिनु आवश्यक देखिन्छ।’

तपाइको प्रतिक्रिया
 बालिका हत्या प्रकरण: थप एक आरोपी पक्राउ 
बालिका हत्या प्रकरण: थप एक आरोपी पक्राउ 
मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन एमालेले जारी गर्‍यो ह्विप
लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग
सुनको मूल्यमा भारी वृद्धि 
सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले बढ्यो
अस्पतालको एनआईसीयूमा आगलागी, तीन नवजात शिशुको मृत्यु
अधुरै छ ‘भेडेटार–रवि–राँके’ सडक
‘हिन्दूविरोधी’ देखाउन पुराना अभिव्यक्ति प्रचार गरिएको बाबुराम भट्टराई सचिवालयको आरोप
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, एसियाली सेयर बजारमा पनि दबाब
बुढीगंगामा करेन्ट लागेर एक महिलाको मृत्यु
बुढीगंगामा करेन्ट लागेर एक महिलाको मृत्यु
गण्डकी प्रदेशको भ्रमण सकेर काठमाडौं फर्किँदै, प्रधानमन्त्री शाह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×