सशस्त्रका सहायक हवल्दारले चलाएको मोटरसाइकलमा आगलागी

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ बैशाख १, मंगलबार १५:२४

दमक । झापाको दमकमा सशस्त्र प्रहरीका सहायक हवल्दारले चलाइरहेको मोटरसाइकलमा एक्कासि आगलागी भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका–८ स्थित नेम्वाङ ड्राईभिङ सेन्टरअगाडि प्र १–०२०५२ प ८५७३ नम्बरको मोटरसाइकलमा मंगलबार दिउँसो १२ः४५ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झापाको भद्रपुरबाट सुनसरीको इटहरीतर्फ जाँदै गरेका बेला कालो रंगको बुलेट मोटरसाइकलमा अचानक आगलागी भएको थियो ।

आगलागी भएका बेला उक्त मोटरसाइकल सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म भद्रपुर झापामा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार गणेश जिमीले चलाएका थिए । आगलागीबाट मोटरसाइकल पूर्णरूपमा ध्वस्त भए पनि संखुवासभाको मादी नगरपालिका–३ घर भएका सशस्त्रका सहायक हवल्दार जिमी भने सकुशल छन् ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोली, दमकल र स्थानीयको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो । मोटरसाइकलमा आगलागी हुनुको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.