
काठमाडौं । देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण मौसममा फेरबदल देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) बिहान हिमाली भेगमा सामान्य बदली र पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईका अधिकांश ठाउँमा मौसम सफा रहेको छ ।
कोशी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात भइरहेको छ । बिहीबार दिउँसो पनि पहाडी एवं हिमाली क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ । अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
महाशाखाले पहाडी र हिमाली भेगका बासिन्दालाई मौसमको सम्भावित परिवर्तनप्रति सतर्क रहन आग्रह गरेको छ ।



















