नेपाली नागरिकहरूको उद्धार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३, बिहीबार १२:२५

काठमाडौं । नेपाली दूतावास बैंककको पहलमा नेपाली नागरिकहरुको उद्धार गरिएको छ । कम्बोडियाबाट ४६ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको हो ।

दूतावासका अनुसार आकर्षक रोजगारीको प्रलोभनमा विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी तथा शंकास्पद काममा लगाइएको सूचना प्राप्त भएपछि उद्धार प्रक्रिया अघि बढाइएको थियो । कम्बोडियाली सरकारी निकायसँग समन्वय गरेर सबैलाई सुरक्षित रूपमा नेपाल फर्काइएको छ ।

Advertisement

पछिल्ला वर्षहरूमा कम्बोडिया जाने नेपालीहरूको संख्या तीव्र रूपमा बढिरहेको छ । तथ्यांकअनुसार सन् २०२१ मा १०१ जना पुगेका थिए भने २०२५ सम्ममा त्यो संख्या बढेर ९ हजार ६७६ पुगेको छ । यसले वैदेशिक रोजगारीको नाममा हुने जोखिम बढ्दो रहेको संकेत गर्दछ ।

दूतावासले श्रम स्वीकृति नलिई कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत कुनै पनि देश नजान आग्रह गरेको छ । साथै, अनौपचारिक माध्यम प्रयोग गर्दा ठगी, शोषण र जोखिममा पर्न सक्ने भएकाले सचेत रहन सबैलाई अनुरोध गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.