उदयपुर जाँदै गरेका दुई जना युवा सुनसरीमा पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३, बिहीबार १२:४३

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ स्थित कालिन्द्र सामुदायिक वननजिक पकली–चतरा सडक खण्डबाट प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाको साथबाट प्रतिबन्धित लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । बिहीबार बिहानका राति अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको टोलीले पकलीबाट उदयपुरतर्फ जाँदै गरेको स १० प ४५१० नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गरेको थियो ।

Advertisement

त्यस क्रममा मोटरसाइकल चालक उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २६ वर्षीय राज राई र पछाडि सवार २७ वर्षीय खुसे राईले बोकेको झोलाबाट ट्रामाडोल १ हजार ६१० क्याप्सुल र स्पास्पेन १ हजार ६०९ ट्याब्लेट बरामद भएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए । उक्त लागूऔषध मोटरसाइकलको बीच भागमा राखेर ओसारपसार गर्दै गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

दुवै जनालाई लागुऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा रहेका उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.