विश्व सम्पदा दिवस मनाइँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ५, शनिबार ०६:४८

काठमाडौं । सम्पदाको संरक्षण तथा यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले आज (शनिबार) विश्व सम्पदा दिवस मनाइँदैछ । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरिँदैछ ।

सन् १९८३ देखि प्रत्येक वर्ष अप्रिल १८ का दिन मनाइने यो दिवस युनेस्कोअन्तर्गत सूचीकृत सम्पदाको संरक्षणमा केन्द्रित रहँदै आएको छ । नेपालमा काठमाडौं उपत्यकाभित्र रहेका दरबार क्षेत्र, मन्दिर र स्तूपासहित लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।

Advertisement

यी सम्पदाले नेपालको ऐतिहासिक, धार्मिक तथा प्राकृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेका छन् । यस अवसरमा शनिबार काठमाडौंमा सम्पदा पदयात्रा आयोजना गरिँदैछ ।

बागमती प्रदेश सरकारअन्तर्गत पर्यटन कार्यालयको संयोजनमा गहना पोखरीदेखि भाटभटेनी मन्दिरसम्म पदयात्रा कार्यक्रम तय गरिएको छ । पदयात्रापछि हाँडीगाउँ क्षेत्रको सांस्कृतिक महत्वबारे अन्तरक्रिया कार्यक्रमसमेत सञ्चालन गरिने जनाइएको छ ।

सम्पदाको संरक्षणमा सरकारी निकायसँगै स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको सरोकारवालाले बताएका छन् । बढ्दो सहरीकरण र अव्यवस्थित विकासका कारण सम्पदामा पर्ने प्रभाव न्यूनीकरण गर्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको उनीहरूको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.