इरानी जहाज अमेरिकाको कब्जा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ७, सोमबार ०९:४२

एजेन्सी । अमेरिकी नौसेनाले चीनबाट इरानतर्फ जाँदै गरेको एक इरानी मालबाहक जहाज नियन्त्रणमा लिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत यस घटनाको पुष्टि गर्दै जहाजले होर्मुज जलडमरूमध्य नजिक अमेरिकी चेतावनी बेवास्ता गरेपछि कारबाही गरिएको बताएका छन् । अमेरिकी दाबी अनुसार उक्त जहाजले खाडी क्षेत्रमा लगाइएको नाकाबन्दी तोड्ने प्रयास गरेको थियो ।

Advertisement

नियन्त्रणमा लिएको जहाजमाथि अनुसन्धान जारी रहेको ट्रम्पले बताए । इरानले भने यस घटनालाई ‘अन्तर्राष्ट्रिय कानुनको उल्लंघन’ र ‘समुद्री डकैती’को संज्ञा दिँदै कडा प्रतिक्रिया जनाएको छ । इरानी पक्षले जहाज चीनबाट इरान आउँदै गरेको दाबी गरेको छ ।

यो घटनाले मध्यपूर्वमा पहिले नै चर्किरहेको तनावलाई थप बढाएको छ । होर्मुज क्षेत्र विश्वको प्रमुख तेल ढुवानी मार्ग भएकाले यहाँको तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पनि असर पारेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.