जन्ती बोकेको बसको ठक्करबाट युवकको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ८, मंगलबार ११:५२

उदयपुर । उदयपुरमा जन्ती बोकेको बसको ठक्करबाट युवकको मृत्यु भएको छ । बेलका नगरपालिका–३ सातपत्रेमा दुर्घटना भएको हो ।

दुर्घटनामा बेलका–३ सातपत्रेका २७ वर्षीय रोमन बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । चौदण्डीगढी नगरपालिकाको माणिबासबाट बेलकातर्फ फर्कदै गरेको प्रदेश १–००२ ख ०१५८ नम्बरको बसले प्रदेश १–०२–०४५ प ८४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

Advertisement

बसको ठक्करबाट बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.