नेपाल सरकारको कार्यक्रमप्रति अमेरिकाको चासो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ८, मंगलबार १९:०५

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले अघि सारेका सुधार कार्यक्रमप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चासो देखाएको छ ।

नेपाल भ्रमणमा रहेका नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री एस पल कपुरले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको भेटमा वर्तमान सरकारका कदमहरूलाई अमेरिकाले सकारात्मक रूपमा नियालिरहेको बताएका हुन् । अर्थमन्त्रीको सचिवालयका अनुसार कपुरले हालै सम्पन्न निर्वाचनपछि बनेको सरकारले सुशासन, आर्थिक सुधार र कानुनी संरचना परिवर्तनका क्षेत्रमा लिएको पहललाई अमेरिकाले महत्त्वका साथ हेरेको बताए ।

Advertisement

उनले यस्ता सुधारले लगानी वातावरण सुधार गर्ने विश्वास पनि व्यक्त गरे । भेटका क्रममा अर्थमन्त्री वाग्लेले सरकारको प्राथमिकता सुशासन प्रवर्धन, आर्थिक संरचना सुदृढीकरण र गुणस्तरीय पूर्वाधार निर्माण रहेको उल्लेख गरेका छन् । अनावश्यक कानुन खारेज गर्दै नयाँ कानुनी व्यवस्था मार्फत लगानीमैत्री वातावरण बनाउने सरकारको योजना रहेको उनको भनाइ थियो ।

साथै, पर्यटन, स्वच्छ ऊर्जा र सूचना प्रविधि क्षेत्रमा अमेरिकी तथा गैरआवासीय नेपाली लगानी आकर्षित गर्न नेपाल इच्छुक रहेको वाग्लेले बताए । दुवै पक्षले व्यापार विस्तार र विकास साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा सहमति जनाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.