
विराटनगर । मोरङको बुढीगंगामा बुधबार सीटी सफारीको ठक्करबाट साइकल यात्री वृद्धको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका–७ सिसवनीस्थित भित्री सडक खण्डमा दिउँसो १ः३५ बजेतिर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार प्र १–०२–०४ ह ०११६ नम्बरको सफारीले साइकल यात्री बुढीगंगा–७ का ६९ वर्षीय बलराम विश्वासलाई ठक्कर दिएको थियो । साइकलमा यात्रा गरिरहेका बेला सफारीले ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बुढीगंगाकै विराट शिक्षण अस्पताल लगिएको थियो ।
उनको उपचारकै क्रममा साँझ ६ः१० बजेतिर मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए । उनका अनुसार सीटी सफारी र चालक बुढीगंगा–६ का किरणकुमार सरदारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

























