रवि लामिछानेविरुद्धको रिटमा आज हुने भनिएको सुनुवाइ स्थगित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १०, बिहीबार १५:१२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको आरोपपत्र संशोधन गर्ने निर्णयविरुद्ध परेको रिटमा आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासमा पेसी तोकिएकोमा सरकारी वकिलका तर्फबाट स्थगित गराइएको हो।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर जोडिएको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई चुनौती दिँदै यो रिट निवेदन दर्ता गरिएको थियो। यसअघि २०८२ चैत १५ गते न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले यसमा गम्भीर संवैधानिक र कानुनी व्याख्या आवश्यक रहेको ठहर गर्दै विवादलाई पूर्ण इजलासमा पठाएको थियो।

Advertisement

विशेषगरी मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ बमोजिम ‘थप प्रमाण’ को व्याख्या र प्रतिवादी आफैँले दिएको निवेदनलाई प्रमाण मान्न मिल्ने वा नमिल्ने भन्ने विषयमा सर्वोच्चले व्याख्या गर्नुपर्नेछ। साथै, जिल्ला अदालतको क्षेत्राधिकारमा सर्वोच्चले हस्तक्षेप गर्न मिल्ने वा नमिल्ने भन्ने प्राविधिक प्रश्नको निरूपण पनि पूर्ण इजलासले नै गर्ने तय भएको छ। तर, आज सरकारी वकिलले सुनुवाइ स्थगित गराएपछि यो मुद्दाको प्रक्रिया केही समय पछि धकेलिएको छ।

तपाइको प्रतिक्रिया
भूमि प्रशासन सेवालाई जनताको नजिक पुर्‍याउने तयारी
इन्साइडर ट्रेडिङ प्रकरणमा शेखर गोल्छा पक्राउ
सगरमाथाबाट मात्रै ८९ करोडभन्दा बढी रोयल्टी संकलन
सामाजिक सञ्जाल दर्ता नहुँदा अनुसन्धानमा कठिनाइ
संसद बैठक स्थगित
पत्रकार महासंघ मोरङको आपत्ति, प्रधानमन्त्रीलाई ज्ञापनपत्र
महान्यायाधिवक्ताको योग्यता सम्बन्धी विवाद: सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
रवि लामिछानेविरुद्धको रिटमा आज हुने भनिएको सुनुवाइ स्थगित
कोशी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताका लागि खेलाडी भोजपुर प्रस्थान
मन्त्रिपरिषद्का निर्णय: प्रहरी प्रतिष्ठानको जग्गा फिर्तादेखि वैदेशिक सहायता वार्ता टोलीसम्म
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.