सगरमाथाबाट मात्रै ८९ करोडभन्दा बढी रोयल्टी संकलन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १०, बिहीबार १८:५९

काठमाडौं । वसन्त ऋतुको पर्वतारोहण सिजनमा सगरमाथा आरोहणबाट मात्रै ८९ करोड रुपैयाँभन्दा बढी रोयल्टी संकलन भएको छ ।

पर्यटन विभागका अनुसार बिहीबारसम्म सगरमाथासहित ३० वटा हिमाल चढ्नका लागि ९४४ जना पर्वतारोहीले अनुमति पाएका छन् । सगरमाथा आरोहणका लागि ४१ समूहका ४१० जनाले अनुमति पाएको विभागले जनाएको छ ।

Advertisement

यसबाट मात्रै ८९ करोड ३ लाख रुपैयाँ रोयल्टी संकलन भएको हो । कोशी प्रदेशको सोलुखुम्बुमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथा ९७ जना महिला पर्वतारोहीले आरोहण गरेको विभागले जनाएको छ ।

यसै सिजनमा लोत्से हिमालका लागि ७ समूहका ८६, आमादब्लमका लागि ८ समूहका ९२, मकालुका लागि ५४ र हिमलुङ हिमालका लागि ५ समूहका ४४ जनाले आरोहण अनुमति प्राप्त गरेका छन् । विदेशी पर्वतारोहीको सहभागिता पनि उल्लेखनीय रहेको छ ।

चीनबाट १२७, अमेरिकाबाट १००, बेलायतबाट ६४, रुसबाट ६० र अष्ट्रेलियाबाट २२ जनाले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन् । यस वर्षको वसन्त सिजनमा हिमाल आरोहण गतिविधि बढेसँगै पर्यटन क्षेत्रबाट एक अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन भएको विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया
भूमि प्रशासन सेवालाई जनताको नजिक पुर्‍याउने तयारी
इन्साइडर ट्रेडिङ प्रकरणमा शेखर गोल्छा पक्राउ
सगरमाथाबाट मात्रै ८९ करोडभन्दा बढी रोयल्टी संकलन
सामाजिक सञ्जाल दर्ता नहुँदा अनुसन्धानमा कठिनाइ
संसद बैठक स्थगित
पत्रकार महासंघ मोरङको आपत्ति, प्रधानमन्त्रीलाई ज्ञापनपत्र
महान्यायाधिवक्ताको योग्यता सम्बन्धी विवाद: सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
रवि लामिछानेविरुद्धको रिटमा आज हुने भनिएको सुनुवाइ स्थगित
कोशी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताका लागि खेलाडी भोजपुर प्रस्थान
मन्त्रिपरिषद्का निर्णय: प्रहरी प्रतिष्ठानको जग्गा फिर्तादेखि वैदेशिक सहायता वार्ता टोलीसम्म
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.