भूमि प्रशासन सेवालाई जनताको नजिक पुर्‍याउने तयारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १०, बिहीबार १९:१६

काठमाडौं । सरकारले भूमि प्रशासन सेवालाई जनताको नजिक पुर्‍याउने तयारी थालेको छ । मालपोत र नापी कार्यालयमार्फत हुँदै आएका सेवाहरू अब स्थानीय तहबाटै सञ्चालन गर्ने योजना अघि सार्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले इच्छुक गाउँपालिका र नगरपालिकालाई आवेदन दिन आह्वान गरेको छ ।

मन्त्रालयले जारी गरेको सूचनामा स्थानीय तहले आवश्यक जनशक्ति, प्राविधिक क्षमता र भौतिक पूर्वाधार आफैं व्यवस्थापन गर्नुपर्ने स्पष्ट गरिएको छ । सेवा सञ्चालन गर्न इच्छुक पालिकाले आफ्नो आधिकारिक निर्णयसहितको प्रस्ताव पत्र तयार गरी सूचना प्रकाशित भएको मितिले सात दिनभित्र मन्त्रालयमा पठाउनुपर्नेछ ।

Advertisement

यस व्यवस्थाअनुसार जग्गा दर्ता, नामसारी, नक्सा पास, सीमांकन तथा अभिलेख अद्यावधिक जस्ता सेवा स्थानीय तहबाटै उपलब्ध गराउने तयारी गरिएको हो । सरकारले यो कदमलाई संघीयताको मर्मअनुसार सेवा विकेन्द्रीकरणको महत्वपूर्ण अभ्यासका रूपमा लिएको छ ।

सरकारका अनुसार यसले सेवाग्राहीलाई जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्नेछ र सेवा छिटो तथा सहज बनाउनेछ । विशेषगरी ग्रामीण क्षेत्रका नागरिकले प्रत्यक्ष राहत पाउने अपेक्षा गरिएको छ ।

तर, मन्त्रालयले सेवा सञ्चालनका लागि प्राविधिक दक्षता र पूर्वाधार अनिवार्य हुने भएकाले सक्षम स्थानीय तहलाई मात्र छनोट गरिने जनाएको छ । प्रारम्भिक चरणमा केही पालिकाबाट परीक्षण गरेर पछि यसलाई विस्तार गर्ने सरकारको तयारी छ ।

तपाइको प्रतिक्रिया
भूमि प्रशासन सेवालाई जनताको नजिक पुर्‍याउने तयारी
इन्साइडर ट्रेडिङ प्रकरणमा शेखर गोल्छा पक्राउ
सगरमाथाबाट मात्रै ८९ करोडभन्दा बढी रोयल्टी संकलन
सामाजिक सञ्जाल दर्ता नहुँदा अनुसन्धानमा कठिनाइ
संसद बैठक स्थगित
पत्रकार महासंघ मोरङको आपत्ति, प्रधानमन्त्रीलाई ज्ञापनपत्र
महान्यायाधिवक्ताको योग्यता सम्बन्धी विवाद: सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
रवि लामिछानेविरुद्धको रिटमा आज हुने भनिएको सुनुवाइ स्थगित
कोशी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताका लागि खेलाडी भोजपुर प्रस्थान
मन्त्रिपरिषद्का निर्णय: प्रहरी प्रतिष्ठानको जग्गा फिर्तादेखि वैदेशिक सहायता वार्ता टोलीसम्म
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.