सुनसरी प्रहरीको ‘स्वीप अप्रेसन’ : १२० जना पक्राउ, लागुऔषध काराेबारीमाथि मुद्दा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ११, शुक्रबार १४:०३
निर्वाचन प्रहरी भर्ना तथा परिचालन मापदण्ड स्वीकृत, १ लाख ४९ हजार म्यादी खटाइने

विराटनगर । जिल्लामा हुने लागुऔषध कारोबार र गुण्डागर्दी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले चलाएको दुई दिने ‘स्वीप अप्रेसन’का क्रममा १२० जना पक्राउ परेका छन् । प्रहरीले वैशाख ९ गते बेलुकादेखि वैशाख ११ गते बिहानसम्म जिल्लाका विभिन्न स्थानमा चलाएको उक्त अभियानमा ११५ जना पुरुष र ५ जना महिला गरी  १२० जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकामध्ये १५ जना लागुऔषध प्रयोगकर्तालाई पुनर्स्थापना केन्द्र पठाइएको छ । सामान्य कसुरमा संलग्न ७६ जना पुरुषलाई सम्झाई-बुझाई आफन्तको जिम्मा लगाइएको छ । गम्भीर प्रकृतिका लागुऔषध कारोबारमा संलग्न २ जना पुरुषविरुद्ध मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।  लागुऔषध मुद्दामा लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई पनि यसै अभियानका क्रममा पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ । अन्य २६ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

प्रहरीले याे अप्रेसनका क्रममा अवैध रूपमा राखिएको २६.५६ ग्राम ब्राउनसुगर र ४४ पिस विभिन्न प्रतिबन्धित ट्याब्लेटहरू समेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार समाजमा गुण्डागर्दी गर्ने, लागू औषध सेवन गरी हो-हल्ला गर्ने र आपराधिक गतिविधिमा संलग्न हुनेहरूलाई निरुत्साहित गर्न यो अभियान चलाइएकाे हाे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.