सुकुम्वासीलाई जग्गा दिने प्रधानमन्त्रीको प्रतिबद्धता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ११, शुक्रबार १७:४९

काठमाडौं । प्रधानमन्त्री बालेन शाह (बालेन)ले देशभरका वास्तविक सुकुम्वासीलाई चाँडै जग्गा वितरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै वर्षौंदेखि समाधान हुन नसकेको सुकुम्वासी समस्या वर्तमान सरकारले स्थायी रूपमा टुंग्याउने पनि बताए । प्रधानमन्त्री शाहले प्रक्रिया पूरा गरेर वास्तविक सुकुम्वासीलाई सुरक्षित ठाउँमा व्यवस्थापन गरिने स्पष्ट पारेका छन् ।

Advertisement

उनका अनुसार वर्षाको समयमा बारम्बार दोहोरिने डुबान र जोखिमपूर्ण अवस्थालाई मध्यनजर गर्दै अब ढिलाइ नगरी समाधान खोज्न लागिएको हो । उनले सुकुम्वासीको नाममा अतिक्रमण गर्ने र वास्तविक पीडितलाई छुट्याउने काम पनि सरकारको प्राथमिकतामा रहेको उल्लेख गरेका छन् ।

‘वर्षौंदेखि झुलाइएका नागरिकलाई अब सुरक्षित र व्यवस्थित बसोबासको अधिकार दिनुपर्छ,’ उनले भने । काठमाडौंका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्ती खाली गराउन थालिएसँगै प्रधानमन्त्रीको यो भनाइ आएको हो । सुकुम्वासी बस्ती खाली गराउन थालिएको विषयलाई लिएर केही बस्तीमा विरोध प्रदर्शनसमेत भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.