कटहरीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ बैशाख १२, शनिबार ०८:१६

विराटनगर । मोरङको कटहरी गाउँपालिका–६ जुडिटोलमा रहेकाे पोखरीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३० वर्षीय श्यामकुमार सरदार  छन् ।

प्रहरीका अनुसार शुक्रबार राति करिब ९:३० बजे सरदार आफ्नै घर अगाडि रहेको प्रथमलाल सरदारको पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा उनी पोखरीमा डुबेका थिए । पोखरीमा डुबेको अवस्थामा आफन्तले फेला पारी उनलाई तत्काल उद्धार गरेर घर ल्याएका थिए ।

उपचारका लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा सरदारको घरमै मृत्यु भइसकेको जानकारी राति १०:३० बजे प्रहरीलाई प्राप्त भएको थियो ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी थलाहाबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) टिकाराम परियारको नेतृत्वकाे टोली  घटनास्थल पुगेकाे थियाे । घटनाको थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.