
काठमाडौं । प्रहरीले थापाथली स्थित सुकुम्वासी बस्ती हटाउन सुरु गरेकाे छ । बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुम्वासी बस्तीहरू हटाउन सुरु गरेकाे हाे ।
यसअघि सुकुम्वासी बस्ती खाली गर्न सूचना जारी गरेका थिए । सरकारले सूचना जारी गरेपछि सुकुम्वासीहरुले घर छाडेर निस्किएका थिए । शुक्रबार घर नछाडेकाहरु शनिबार बिहानदेखि सामान निकालेर बाहिरिन थालेका छन् ।
सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएकाे छ । अहिले बाक्लो सङ्ख्या नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी तैनाथ छन् । काठमाडौं महानगर प्रहरी बलका अनुसार पहिले थापाथली र त्यसपछि आजै गैरीगाउँबाट सुकुमबासी बस्ती हटाइँदैछ ।



















