
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेल विवादमा तानिएका छन् । ओखलढुंगामा विद्यालयका प्राध्यापकले स्वागत गर्न नआएको भन्दै पोखरेलले गाली गरेको भिडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका हुन् ।
ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजीसमेत रहेका पोखरेलले विद्यालयका प्रधानाध्यापकलाई थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
आफ्नो स्वागतमा नआएको प्रति रुष्ट हुँदै प्रधानाध्यापकलाई पोखरेलले भनेका थिए, ‘म आउँदैछु भन्दा तपाईं निस्किनु पर्छ । तपाईं कर्मचारी हो । म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ ।’ आफूलाई माननीयका रुपमा अथ्र्याउँदै पोखरेलले ‘जिल्लाको एउटा माननीय आउँदा हेड मास्टरभित्र चुप लागेर बस्ने रु’ भन्दै थर्काएका थिए ।
सांसद पोखरेलले सचिवालयले भने विषयबस्तुलाई अतिरञ्जित बनाउन खोजिएको बताएको छ ।

























