विराटनगरका स्पामा प्रहरीको छापा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १२, शनिबार १८:५७

विराटनगर । विराटनगरका विभिन्न स्थानमा रहेका स्पा तथा मसाज सेन्टरमा प्रहरीले छापा मारेको छ । स्पा तथा मसाज सेन्टरमा अनैतिक क्रियाकलाप हुने गरेको गुनासो बढेपछि शनिबार विराटनगर महानगरपालिका– १३, १४ र १५ काे विभिन्न स्थानमा सञ्चालित स्पाहरुमा छापा मारेको हाे ।

सो क्रममा मापदण्ड विपरीत सञ्चालन गर्ने दुई सञ्चालकलाई प्रहरीले पक्राउ गरेको थियो । स्पामा जाँच गर्ने क्रममा प्रहरीले शंकास्पद अवस्थामा रहेका ४७ जनालाई नियन्त्रणमा लिएको  थियाे ।

Advertisement

इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक कबिन राईको नेतृत्वमा खटिएको टोलीले विराटनगर–१४ स्थित ‘किपु स्पा’ले कानुनी मापदण्ड पुरा नगरेको पाइएपछि स्पाका सञ्चालकद्वय सुनसरी बर्जु गाउँपालिका–१ की ३० वर्षीया निलमदेवी शर्मा र भारतको पटना जिल्ला दानापुर थाना घर भएका ४० वर्षीय राजकुमार चन्द्रवंशीलाई पक्राउ गरेको छ । स्पामा काम गर्ने अन्य तीन जना महिला पनि पक्राउ परेका छन् ।

अन्य स्पाबाट नियन्त्रमा लिइएकाहरूमाथि साेधपुछ भइरहेकाे प्रहरीले जनाएकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.