
सिरहा । सिरहामा चट्याङ लागेर एक महिलाकाे मृत्यु भएकाे छ । उनका श्रीमान घाइते भएका छन् ।
मंगलबार राति करिब साढे १० बजे मिर्चैया नगरपालिका-९ भगवानपुर टोलमा चट्याङले लागेर अन्दाजी ३० वर्षीया रंजितादेवी सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनका श्रीमान् ३५ वर्षीय मिथिलेश सदा घाइते भएका छन् ।
रंजिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शरीरमा बाहिरी चोटपटक भने देखिएको छैन । घाइते भएका मिथिलेशको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । उनकाे अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।
























