आदिकवि भानुभक्तको जन्मथलोमा ‘भानु साहित्य उद्यान’ को शिलान्यास

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १४, सोमबार १५:२२

तनहुँ ।आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ को शिलान्यास गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार भानु नगरपालिका ४ मा आयोजित एक विशेष समारोहबीच उद्यानको शिलान्यास गरेका हुन्।

चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित यो महत्त्वाकाङ्क्षी परियोजना अघि बढाइएको हो। २०८१ सालको बजेट वक्तव्यमा समावेश गरिएको यस योजनाअन्तर्गत यहाँ सबै नेपाली भाषाभाषीका मूर्धन्य स्रष्टाको प्रतिमा र सप्तधाम निर्माण गरिनेछ।

Advertisement

नगरपालिकाका प्रवक्ता ईश्वरबहादुर घिमिरेका अनुसार संघीय सहरी विकास मन्त्रालयबाट विनियोजन भएको २० करोड रुपैयाँ बजेटबाट पहिलो चरणको निर्माण कार्य सुरु भएको छ। पहिलो चरणमा आधुनिक ‘भानु भवन’ र आदिकवि भानुभक्तको ५४ फिट अग्लो विशाल प्रतिमा निर्माण गरिने नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए।

यस परियोजनाका लागि हालसम्म ४०० रोपनी जग्गा प्राप्त भइसकेको छ भने गुरुयोजना पूर्ण रूपमा सम्पन्न गर्न करिब एक अर्ब रुपैयाँ खर्च हुने अनुमान छ। उद्यानभित्र सातै प्रदेशका प्रमुख धार्मिक एवं सांस्कृतिक सम्पदाका नमुनाहरू समेत निर्माण गर्ने लक्ष्य राखिएको छ। यसका साथै शिखर कटेरीदेखि रम्घा डाँडासम्मको मोटरमार्गलाई समेत स्तरोन्नति गरी कालोपत्रे गरिनेछ।

तपाइको प्रतिक्रिया
‘पूर्वविशिष्टको विदेशमा उपचार खर्च राज्यले बेहोर्ने कार्यविधि खारेज’
अर्थतन्त्र सुधार्न सरकारको ‘रोडम्याप’ : ५ वर्षमा प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने लक्ष्य (हेर्नुहाेस् स्थितिपत्र)
सरकारी खर्चमा कडाइ : होटल र रिसोर्टमा कार्यक्रम गर्न रोक
सुकुम्वासी बस्ती हटाउने निर्णयमा कारण देखाउ आदेश
राष्ट्रियसभा दलको नेता हटाउने तयारीमा कांग्रेस
निर्माण क्षेत्रमा देखिएको संकट तत्काल समाधान गर
आदिकवि भानुभक्तको जन्मथलोमा ‘भानु साहित्य उद्यान’ को शिलान्यास
धर्ना बसेकी पाठकमाथि हातपात, ७ जना पक्राउ
कोशीका निर्माण व्यवसायीले गुहारे प्रदेश सरकार
सेयर बजारमा ७.७३ अङ्कको सुधार, नेप्से २७९६ विन्दुमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.