
काठमाडौं । खोला किनाराका सुकुम्वासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
थापाथलीमा रहेका बासिन्दाहरुलाई कार्यलाई रोक्न माग गर्दै मदनप्रसाद रौनियार, गोपाल रन पहेलीलगायतले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो।
रिट निवेदनमा अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश पनि भएको छ । वैशाख ११ गते दायर भएको रिटमा सोमबार पहिलोपटक सुनुवाइ भएको हो ।
सरकारले शनिबार र आइतबार बिदाको दिन पारेर थापाथलीसहित उपत्यकका मुख्यमुख्य खोला बस्तीका सुकुम्बासी वस्तीमा डोजर चलाएको छ ।

























