सरकारी खर्चमा कडाइ : होटल र रिसोर्टमा कार्यक्रम गर्न रोक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १४, सोमबार १८:४५

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी खर्चमा मितव्ययिता अपनाउन र वित्तीय अनुशासन कायम गर्न आफ्ना मातहतका निकायहरूलाई  निर्देशन जारी गरेको छ ।

मन्त्रालयले अबदेखि होटल तथा रिसोर्टहरूमा कुनै पनि प्रकारका औपचारिक कार्यक्रम नगर्न सार्वजनिक सचेत गराएको हो ।

Advertisement

मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाले परिपत्र जारी गर्दै मातहतका सबै विभाग, आयोग, प्राधिकरण तथा कार्यालयहरूलाई यस्तो व्यवस्था कडाइका साथ लागू गर्न निर्देशन दिएको छ। नयाँ निर्देशनअनुसार अबदेखि कुनै पनि बैठक, गोष्ठी, तालिम वा सेमिनारहरू होटल वा रिसोर्टमा आयोजना गर्न पाइने छैन ।

आफ्नै सभाहल प्रयोग गर्नुपर्ने

मन्त्रालयको यो निर्णयसँगै अब सबै कार्यालयहरूले आफ्ना कार्यक्रमहरू अनिवार्य रूपमा कार्यालय परिसर वा सरकारी संरचनाभित्र रहेका सभाहल तथा तालिम कक्षहरूमा मात्र सञ्चालन गर्नुपर्नेछ। उपलब्ध सरकारी स्रोत र साधनको अधिकतम उपयोग गर्दै अनावश्यक आर्थिक भार कम गर्ने उद्देश्यले यो कदम चालिएको मन्त्रालयले जनाएको छ।

‘प्रशासनिक कार्यमा पारदर्शिता बढाउन र फजुल खर्च नियन्त्रण गरी सुशासन प्रवर्द्धन गर्ने सरकारको नीति अनुरूप यो निर्देशन जारी गरिएको हो,’ परिपत्रमा उल्लेख छ । पछिल्लो समय सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सरकारको प्राथमिकतालाई सघाउन भूमि मन्त्रालयले यो सक्रियता देखाएको हो ।

तपाइको प्रतिक्रिया
‘पूर्वविशिष्टको विदेशमा उपचार खर्च राज्यले बेहोर्ने कार्यविधि खारेज’
अर्थतन्त्र सुधार्न सरकारको ‘रोडम्याप’ : ५ वर्षमा प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने लक्ष्य (हेर्नुहाेस् स्थितिपत्र)
सरकारी खर्चमा कडाइ : होटल र रिसोर्टमा कार्यक्रम गर्न रोक
सुकुम्वासी बस्ती हटाउने निर्णयमा कारण देखाउ आदेश
राष्ट्रियसभा दलको नेता हटाउने तयारीमा कांग्रेस
निर्माण क्षेत्रमा देखिएको संकट तत्काल समाधान गर
आदिकवि भानुभक्तको जन्मथलोमा ‘भानु साहित्य उद्यान’ को शिलान्यास
धर्ना बसेकी पाठकमाथि हातपात, ७ जना पक्राउ
कोशीका निर्माण व्यवसायीले गुहारे प्रदेश सरकार
सेयर बजारमा ७.७३ अङ्कको सुधार, नेप्से २७९६ विन्दुमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.