अर्थतन्त्र सुधार्न सरकारको ‘रोडम्याप’ : ५ वर्षमा प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने लक्ष्य (हेर्नुहाेस् स्थितिपत्र)

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १४, सोमबार १८:५३

काठमाडौं । अर्थ मन्त्रालयले मुलुकको वर्तमान आर्थिक अवस्थाको यथार्थ चित्रण गर्दै ‘आर्थिक स्थितिपत्र’ सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहणका क्रममा गरेको प्रतिबद्धता अनुसार मन्त्रालयले अर्थतन्त्रको गहन विश्लेषणसहितको श्वेतपत्र (स्थिति पत्र) सार्वजनिक गरेको हो ।

स्थिति पत्रमार्फत सरकारले आगामी ५ देखि ७ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर नाघ्ने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ ।

Advertisement

अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षदेखि औसत ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको छ । यसैगरी, नेपालको अर्थतन्त्रको आकारलाई १०० अर्ब अमेरिकी डलर नजिक पुर्‍याउँदै मुलुकलाई सम्मानजनक ‘मध्यम आय’ भएको देशको रूपमा स्थापित गर्ने आधार तयार भएको स्थितिपत्रमा उल्लेख छ ।

पूर्वाधार र ऊर्जामा फड्को

मन्त्रालयले पूर्वाधार विकासलाई आर्थिक समृद्धिको मुख्य इन्जिन मानेको छ । स्थितिपत्रमा आगामी ५ वर्षभित्र विद्युतको कुल जडित क्षमता १५ हजार मेगावाट पुर्‍याउने लक्ष्य राखिएको छ । निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरूलाई आगामी २ वर्षभित्रै सम्पन्न गर्ने कार्ययोजना अघि सारिएको छ । रणनीतिक महत्वका नयाँ आयोजनाहरू सुरु गरी निजी क्षेत्रको लगानी आकर्षित गर्ने र आर्थिक गतिविधिमा तीव्रता दिने सरकारको योजना छ ।

स्थितिपत्रमा विगतका आर्थिक नीतिहरूले अपेक्षित नतिजा दिन नसक्नुका कारणहरूको समेत मिहिन विश्लेषण गरिएको छ । कमजोर कार्यान्वयन क्षमता, वित्तीय स्रोतको अभाव र सीमित स्रोतसाधनको अदूरदर्शी बाँडफाँट नै मुख्य बाधक रहेको अर्थ मन्त्रालयको निष्कर्ष छ । विगतमा प्राथमिकता निर्धारण गर्न नसक्दा र कुशल विनियोजनको अभाव हुँदा कतिपय नीतिहरू कागजमै सीमित भएको स्विकारोक्ति पत्रमा गरिएको छ ।

स्थितिपत्रलाई आगामी दिनमा यथार्थपरक नीति निर्माण गर्ने प्रमुख आधार बनाइने मन्त्रालयले जनाएको छ । वित्तीय स्रोतको कुशल परिचालन, उच्च आर्थिक वृद्धि, रोजगारी सिर्जना र आर्थिक समावेशीता कायम गर्न यो दस्तावेजले ‘मार्गदर्शक’को भूमिका खेल्ने अपेक्षा गरिएको छ । अर्थमन्त्री डा. वाग्लेले यो प्रतिवेदन केवल तथ्यांकको संग्रह मात्र नभई अर्थतन्त्रलाई गतिशिल बनाउने र कार्यान्वयन पक्षलाई नतिजामुखी तुल्याउने ठोस खाका भएको बताएका छन् ।

तपाइको प्रतिक्रिया
‘पूर्वविशिष्टको विदेशमा उपचार खर्च राज्यले बेहोर्ने कार्यविधि खारेज’
अर्थतन्त्र सुधार्न सरकारको ‘रोडम्याप’ : ५ वर्षमा प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने लक्ष्य (हेर्नुहाेस् स्थितिपत्र)
सरकारी खर्चमा कडाइ : होटल र रिसोर्टमा कार्यक्रम गर्न रोक
सुकुम्वासी बस्ती हटाउने निर्णयमा कारण देखाउ आदेश
राष्ट्रियसभा दलको नेता हटाउने तयारीमा कांग्रेस
निर्माण क्षेत्रमा देखिएको संकट तत्काल समाधान गर
आदिकवि भानुभक्तको जन्मथलोमा ‘भानु साहित्य उद्यान’ को शिलान्यास
धर्ना बसेकी पाठकमाथि हातपात, ७ जना पक्राउ
कोशीका निर्माण व्यवसायीले गुहारे प्रदेश सरकार
सेयर बजारमा ७.७३ अङ्कको सुधार, नेप्से २७९६ विन्दुमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.