विराटनगरको अटो सर्भिस सेन्टरमा आगलागी, २३ लाख बराबरको क्षति

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ बैशाख १५, मंगलबार ०७:२१
प्रतीकात्मक तस्बिर

विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित एउटा अटो सर्भिस सेन्टरमा आगलागी हुँदा लाखौं रूपैयाँ बराबरको क्षति भएको छ ।

प्रहरीका अनुसार विनोद शर्माले सञ्चालन गर्दै आएको ‘भूमि अटो सर्भिस सेन्टर’मा कार मर्मत गर्ने क्रममा अचानक बिजुलीको तार सर्ट भई सोमबार दिउँसो २ बजेतिरआगलागी भएको हो । आगलागीका कारण मर्मतका लागि राखिएको प्र ३–०१–०२५ च १३८६ नम्बरको कार पूर्ण रूपमा जलेर नष्ट भएको छ भने को २ च ३७१ नम्बरको अर्को कारमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका निमित्त सूचना अधिकारी, इन्स्पेक्टर लेखनाथ दाहालका अनुसार आगो निभाउने क्रममा सर्भिस सेन्टरका सञ्चालक शर्मा सामान्य घाइते भएका छन् । उनको दाहिने हात र खुट्टामा आगोले पोलेको छ । आर्य न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । चिकित्सकका अनुसार उनको अवस्था सामान्य छ ।

स्थानीयको सहयोगमा करिब आधा घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रारम्भिक मूल्यांकनअनुसार आगलागीबाट करिब २३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.