भारी वर्षाको सम्भावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १६, बुधबार ०६:३६

काठमाडौं । पश्चिमी र स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर मौसम अस्थिर बनेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बदली रही चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ । विशेषगरी कोशी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

Advertisement

त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि आंशिकदेखि सामान्य वर्षा र हिमपातको सम्भावना देखिएको छ । तराई क्षेत्रका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

बुधबार राति पनि देशका अधिकांश भू–भागमा बदली कायमै रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा धेरै स्थानमा वर्षा जारी रहने र गण्डकी तथा कोशीका पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने जनाइएको छ ।

मौसमविद्हरूले चट्याङ, हावाहुरी र सम्भावित भारी वर्षाका कारण दैनिक जनजीवन, कृषि र यातायात क्षेत्रमा असर पर्न सक्ने भन्दै आवश्यक सावधानी अपनाउन सुझाव दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.